

ॐ
॥ श्रीमते रामानुजाय नमः ॥
॥ जय श्रीमुक्तिनाथ ॥
ॐ श्रीगजेन्द्रमोक्षनारायणपरब्रह्मणे नमः ।
श्रीगजेन्द्रमोक्ष दिव्य धाम
संक्षिप्त परिचय
॥ श्रीगजेन्द्रमोक्ष नारायण भगवान् ।।
॥ श्रीगजेन्द्रमोक्ष नारायण मन्दिर ॥
अखण्डज्योतिबाबा स्वामीश्रीजी च्यारिटेवल ट्रष्ट
शखा परिषद्
श्रीगजेन्द्रमोक्ष दिव्यधाम, विनयी त्रिवेणी ६, नवलपुर,
गण्डकी प्रदेश, नेपाल
सम्पर्क सूत्र : ०७८-५६०१४६, ९८५७०१३८०८, ९८६७३९९८८३
Email: gajendramoksha5@gmail.com
Phone: 9857013808
ऐतिहासिक पृष्ठभूमि
त्रिकुट पर्वतको फेदी, श्रीकृष्णागण्डकी (नारायणी) नदीको तटवर्ती यो सुन्दर वन देव, गन्धर्व, यक्ष-किन्नर, सिद्ध, चारणगण तथा असङ्ख्य ऋषि-महर्षिगण द्वारा सेवित थियो। मयूर, कोकिलादि पक्षिहरुको ध्वनिद्वारा गुञ्जायमान यस सुन्दर वनमा मृग, बँदेल, जरायो, गैंडा, वनगाई, दुम्सि, सिंह, बाघ, वानर आदि धेरै किसिमका जनावरहरु निवास गर्ने। “गन्धर्वैः किन्नरैर्यशैः सिद्धचारणगुह्यकैः (श्रीवामन, पु. ८५१६) । त्रिकुट पर्वतहरुमा सुन, चाँदी र फलामको खानि थिए। वर्तमान अवस्था
सम्म सेतो र कालो माटोको रुपमा विद्यमान देखिन्छ ।
“रौप्यायसहिरण्मयैः । त्रिकुटको तलहटिमा गण्डकी नदी सरोवर आकारमा फैलिएको थियो। एउटा हात्ति (गजेन्द्र) नै त्यस वनको राजा थियो । गजेन्द्र देखि वनका साना ठुला सवै जनावरहरू भयभीत रहन्थे । मदले मत्त गजेन्द्र एकदिन आफ्ना झुण्डका साथ गण्डकी नदीमा जल विहारका लागि आयो। उन्मादयुक्त गतिले नदीमा प्रवेश गरि आफ्ना सुंडका माध्यमले छ्याप्दै बच्चाहरू विहार गर्दै थियो।
मानिक्यो फोहरा असाहीले हाती को बुट्टा बेसरी समात्यो। ग्राहो बलीयांश्चरणे रुषाग्रहीत्” वनको राजा र जलको राजा बिच भयंकर ठूलो लडाई हुन
थाल्दछ। हात्ती, हत्तिनी र छावाहरुले आफ्ना राजा माथि आइपरे को यस आपत्तिबाट बचाउन सुडमा सुंड मिलाएर तान्दा पनि लामो समय सम्म गजेन्द्रलाई ग्राहदेखि, छुटाउन सकेनन्। यस प्रकार गजेन्द्र (हात्ती) र ग्गाह (गोही) एक अर्कालाई नदीभित्र र बाहिरतिर तान्न खोज्दै लामो समयसम्म युद्ध हुँदा पनि कुनै उपाय नलागेपछि अरु हात्ती, हत्तिनी र छावाहरु सबैले छाडेर गए। वर्षों सम्म युद्ध चलेका कारण गजेन्द्रको बल क्षीण हुँदै गयो।ऐतिहासिक पृष्ठभूमि
त्रिकुट पर्वतको फेदी, श्रीकृष्णागण्डकी (नारायणी) नदीको तटवर्ती यो सुन्दर वन देव, गन्धर्व, यक्ष-किन्नर, सिद्ध, चारणगण तथा असङ्ख्य ऋषि-महर्षिगण द्वारा सेवित थियो। मयूर, कोकिलादि पक्षिहरुको ध्वनिद्वारा गुञ्जायमान यस सुन्दर वनमा मृग, बँदेल, जरायो, गैंडा, वनगाई, दुम्सि, सिंह, बाघ, वानर आदि धेरै किसिमका जनावरहरु निवास गर्ने। “गन्धर्वैः किन्नरैर्यशैः सिद्धचारणगुह्यकैः (श्रीवामन, पु. ८५१६) । त्रिकुट पर्वतहरुमा सुन, चाँदी र फलामको खानि थिए। वर्तमान अवस्था
सम्म सेतो र कालो माटोको रुपमा विद्यमान देखिन्छ ।
“रौप्यायसहिरण्मयैः । त्रिकुटको तलहटिमा गण्डकी नदी सरोवर आकारमा फैलिएको थियो। एउटा हात्ति (गजेन्द्र) नै त्यस वनको राजा थियो । गजेन्द्र देखि वनका साना ठुला सवै जनावरहरू भयभीत रहन्थे । मदले मत्त गजेन्द्र एकदिन आफ्ना झुण्डका साथ गण्डकी नदीमा जल विहारका लागि आयो। उन्मादयुक्त गतिले नदीमा प्रवेश गरि आफ्ना सुंडका माध्यमले छ्याप्दै बच्चाहरू विहार गर्दै थियो।
मानिक्यो फोहरा असाहीले हाती को बुट्टा बेसरी समात्यो। ग्राहो बलीयांश्चरणे रुषाग्रहीत्” वनको राजा र जलको राजा बिच भयंकर ठूलो लडाई हुन
थाल्दछ। हात्ती, हत्तिनी र छावाहरुले आफ्ना राजा माथि आइपरे को यस आपत्तिबाट बचाउन सुडमा सुंड मिलाएर तान्दा पनि लामो समय सम्म गजेन्द्रलाई ग्राहदेखि, छुटाउन सकेनन्। यस प्रकार गजेन्द्र (हात्ती) र ग्गाह (गोही) एक अर्कालाई नदीभित्र र बाहिरतिर तान्न खोज्दै लामो समयसम्म युद्ध हुँदा पनि कुनै उपाय नलागेपछि अरु हात्ती, हत्तिनी र छावाहरु सबैले छाडेर गए। वर्षों सम्म युद्ध चलेका कारण गजेन्द्रको बल क्षीण हुँदै गयो।अन्ततोगत्वा आफू स्वयं बाँच्न आफैले ग्रेको प्रयास र अरु हात्ती हत्तिनीहरुले बचाउन गरेको यत्न असफल भएको देखि पूर्व जन्ममा गरेको भगवद् भक्तिको स्मृतिद्वारा शरणागतवत्सल भगवान नारायणले नै मेरो रक्षा गर्नुहुन्छ भन्ने निश्चित बुद्धि पूर्वक दिव्य स्तुति गर्न थाले “ॐ नमो भगवते तस्मै यत एतच्चिदात्मकम् । पुरुषायादिबीजाय परेशायाभिधीमहि ॥
जुन स्तुतिमा कुनै देवविशेषको नाम लिएका थिएनन्।
उनको दिव्यस्तुतिलाई सुनेर ब्रह्मा आदि सबै देवी देवताहरु आफ्नो-आफ्नो नामको
अपेक्षा गरिरहे। गोहिले जल भित्र तान्दै जाँदा सुड मात्रै शेष बचेपछि
भक्तवत्सल भगवान नारायण अत्यन्त शीघ्र गरुडारुढ भई आएको देखेर
गजेन्द्रले आफ्नो श्रन्त सुडद्वारा एउटा कमलको फूल टिपी “सोऽन्तः
रस्युरुबलेन गृहीत आर्तों दृष्ट्वा गरुत्मति हरिं ख उपात्तचक्रम् उपात्तच ।
उत्क्षिप्य साम्बुजकर गिरमाह कृच्छान्नारायणाखिलगुरो भगवन्
नमस्ते ।। यो श्लोकद्वारा भगवान्को स्वागत गर्दछन्। आर्तबन्धु भगवान्
श्रीहरिले आफ्नो सुदर्शन चक्रद्वारा तत्काल ग्राहको शिर छेदन गरी गजेन्द्रको
उद्धार गर्नुभएको कुरा श्रीमद्भागवत महापुराण, वराहपुराणादिमा वर्णन
गरेको पाइन्छ। गजेन्द्र पूर्व जन्ममा पाण्ड्यवंशी इन्द्रद्युम्न नाम गरेका राजा
थिए। अगस्त्य ऋषिका श्रापका कारणले हात्ती हुन पुगेका थिए। भने ग्राह्
(गोही) हुडू नाम गरेका गन्धर्व थिए। उनि पनि देवल ऋषिको श्रापको
कारण गोही बन्न पुगेका थिए। दुवै ऋषिले हात्ती र गोहि भएता पनि भगवान
श्रीहरिबाट तिमिहरुले हात्ती र गोहिको शरीर त्यागी मोक्ष गतिलाई प्राप्त
गर्नेछौ भन्ने आशिर्वाद दिनु भएको थियो। पूर्व जन्ममा गरेको भगवद्भक्ति
र ऋषिको आशिर्वादका कारण दुबै ग्राह र गजेन्द्रले मोक्ष गतिलाई प्राप्त
गरे। श्रीहरिको यस लीलालाई हेरिरहेका सबै देवीदेवताहरु, ऋषिमुनि, यक्ष,
किन्नर, गन्धर्वहरुले आकाशमा नृत्य गर्दै पुष्पवृष्टि गरे। भगवान्ले गजेन्द्र
सहित ग्राहलाई पनि जन्म-मरणको चक्रबाट सदाका लागि मोक्ष प्रदान गर्नु
भएकाले ले यस यस धामको नाम श्रीगजेन्द्रमोक्ष दिव्य धाम रहन गयो। गजेन्द्रको उद्धार गरी भगवान् श्रीमन्नारायण एकरुपमा यसै धाममा विराजमान हुनुभयो भने दृश्यमान रुपलाई अन्तर्धान गर्नु भयो।
श्रीहरि भगवान् स्वयं निवास गर्नु भएको देखी विधाता ब्रह्माजी पनि सोहि स्थल श्रीगजेन्द्रामोक्ष दिव्य धामको पूर्वोत्तर (ईशान) दिशा तर्फ विद्यमान पर्वत शिखरको समथर भूमिमा आई नित्य निवास गर्न थाल्नु भयो। जुन भूमिलाई वर्तमान कालमा
‘ब्रह्मचौर’ भनिन्छ। गजेन्द्रमोक्ष धामको दक्षिण तर्फ रहेको स्वर्णभद्रा,
पूर्णभद्रा र श्रीनारायणीको संगम स्थलमा भगवान् भोलेनाथ निवास गर्नुभयो
सोहि स्थानलाई अहिले शिवालय घाटका रुपमा चिनिन्छ। यसै धामको
पश्चिम दिशामा केउलानी देवीका रुपमा माता दुर्गा सपरिकर निवास गर्न
थाल्नु भयो। आज भोली यिनै देवीको नामबाट यो गाँउको नाम केउलानी
रहन गएको छ। उत्तर तर्फ हर्दिथनेत थारु समूहको इष्टदेवको रूपमा
श्रीगणेशजीको स्थान भने वर्तमान कालमा लुप्त भैसकेको छ। वि.स.
२०६९-७० सम्म पनि स्थानीय वासीले श्रीगणेशको खण्डित मूर्तिलाई
मुण्डैस्थान भनेर पूज्ने गरेको बताउदछन् । यसै लीलाको आधारमा सबै
देवी देवताहरुले यस क्षेत्रलाई आफ्नो निवासस्थान मानेर रहेका छन् ।
आफ्नो स्तुतिबाट प्रसन्न हुनुभएका गरुडारुढ भगवान श्रीमन्नारायणको
“सोऽनु कम्पित ईशेन परिक्रम्य प्रणम्य तम् परिक्रमा गर्दै भगवद्
दर्शनमा आनन्दित गजेन्द्रलाई आशीर्वाद दिदै भन्नु भएके थियो। “ये मो
त्वां च सरश्चेदं गिरिकन्दरकाननम् । वैत्रकीचकवेणुना गुल्मानि
सूरपादपान् ।।” हे गजेन्द्र। जसले तिम्रो र मेरो यो लीलाको ध्यान गर्दै
तिमिले गरेको यो स्तुतिको पाठ, भजन, स्मरण गर्दै नदी, वन, पर्वत, गुल्म
लता, पुष्पादिको दर्शन गर्छ भने उसका दुःख, कष्ट्र संकट, दुःस्वप्नहरु
नाश भई अन्ततोगत्वा मोक्ष गतिलाई यस स्थानमा गण्डकीको जलले तर्पण श्राद्ध गर्छ भने त्यसका पितृहरुले प्राप्त गर्नेछन्। पितृहरुको स्मरण गर्दै
मोक्ष गतिलाई प्राप्त गर्नेछन् ।

श्रीगजेन्द्रमोक्ष नारायण मन्दिर
श्रीशालग्रामगर्भा माता गण्डकीको निर्देशनानुशार श्रद्धेय श्रीस्वामीज्यू महाराजद्वारा वि.सं. २०६८ साल चैत्र रामनवमीका दिन श्रीगजेन्द्रमोक्षदिव्य धामदेखि श्रीगण्डकीको उद्गम स्थल श्रीमुक्तिनाथ धाम पर्यन्त माता गण्डकीका उपर अखण्ड गो-दुग्ध धारा गरी गण्डकीका तटवर्ती विभिन्न तीर्थहरूमा एकै मुहूर्तमा हजारौ श्रद्धालु भक्तजनहरूको उपस्थितिमा विशेष रूपले गण्डकी पूजन सम्पादन गरिएको थियो। सोही अवसरमा श्रीगजेन्दमोक्षदिव्यधाममा रु.१,५५,५५५ प्रदान गर्ने १५५ जना दानवीर (संस्थापक सदस्य) हरुद्वारा सामूहिक रूपमा विधिवत् ढङ्गले
श्रीगजेन्द्रमोक्ष-नारायण मन्दिरको कुम्भन्यास (शिलान्यास) भएको थियो।
भने वि.सं. २०७५ फाल्गुन १९ गते नेपाल तथा भारतका सन्त, महन्त,
धर्माचार्य एवं गुरुवर्गहरुका साथ ५५५ जना संस्थापक सदस्यहरुद्वारा यस
मन्दिरको सामुहिक रुपमा समुद्घाटन भई सप्तदिवसीय प्राण-प्रतिष्ठा
महा महोत्सव गरी श्रीगजेन्द्रमोक्ष नारायण भगवान्को विशाल दिव्य
श्रीविग्रह प्रतिष्ठित गरिएको थियो।

स्वामी श्रीकृष्ण प्रपन्नाचार्य श्रीजीमहाराज
गजेन्द्र मोक्ष दिव्य धाम त्रिवेणी (उत्तराधिकारी )